प्रचण्ड र विप्लवबीच भेटवार्ता

764
views

काठमाडौं, ४, मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

खुमलटारमा भएको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको भनाई छ ।

दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोत बताएको छ ।

विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाहिले भने,‘भेटका क्रममा एमसीसी, मूल्यवृद्धि र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए ।