सभामुख सापकोटा स्पेन प्रस्थान

382
views

काठमाडौं, ९, मंसिर । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली टोली अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् ।

सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् ।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्युको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) र स्पेनको संसदको आयोजनामा यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३ औं आईपीयू सम्मेलन हुँदैछ । सभामुखको टोली सम्मेलन सकेर यही मंसिर १६ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।