एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु

490
views

काठमाडौं, १०, मंसिर । नेकपा एमालेको जारी १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको सञ्चालन पार्टी सचिव एवम् प्रवक्ता प्रदीप ज्ञवालीले गरेका छन् । कार्यक्रम स्थान नारायणी नदी किनारमा शिर्षस्थ नेताहरु पुगिसकेका छन् ।

एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ । नेता कार्यकर्ताको चहलपहल बढिरहेको छ ।