जोखिममा परेका बालबालिकालाई आर्थिक सहयोग

515
views

दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिका -१ मा जोखिममा परेका बालबालिकालाई किर्डाक नेपाल र युनिसेफ नेपालको संयुक्त साझेदारीमा आर्थिक सहयोग गरिएको छ ।

किर्डाक नेपाल र युनिसेफको संयुक्त साझेदारीमा कोभिड -१९) पुर्व तयारी तथा प्रतिकार्य परियोजना अन्र्तगत जोखिममा परेका बालवालिकालाई सहयोग गरिएको हो ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर १ खातीगाउँमा जोखिममा परेका आठजना बालबालिकाको पहिचार गरी प्रतिव्यक्ति चारहजारका दरले आठजना बालबालिकालाई ३२ हजार रुपैँया सहयोग गरिएको बताइएको छ ।

किर्डाक नेपाल र युनिसेफको संयुक्त साझेदारीमा जोखिममा रहेका विपन्न परिवार तथा बालबालिकाको पहिचान गरी आठजनालाई सहयोग प्रदान गरिएको किडार्क नेपालका सुपरभाइजर प्रदिप बोहराले बताए । किर्डाक नेपाल र युनिसेफको संयुक्त साझेदारीमा संचालित कोभिड १९ एवम प्रतिकार्य परियोजना अन्र्तगत आठजनालाइ सहयोग गरिएको हो,’उनले भने,‘यो सहयोगले कोभिड १९ वा अन्य कारणले जोखिममा परेका बालबालिकालाई आपतकालिन सहयोग तथा उपचार खर्चमा सहयोग पुग्ने छ ।’