नयाँ नेतृत्वको लागि एमालेमा मतदान

653
views

चितवन, १४, मंसिर । सहमती प्रयास असफल भएपछि नेकपा एमालेको जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । मंगलबार बिहान ४ बजेदेखि मतदान सुरू भएको हो ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारीतर्फ अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीम प्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ ।