सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन

423
views

काठमाडौं, १५, मंसिर । सर्वोच्च अदालतले आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।

‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने हो,’ सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने, ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’