विश्वकप महिला फुटबल छनौटमा इंग्ल्याण्डको जित

307
views

एजेन्सी । महिलाहरुको विश्वकप फुटबल छनौट खेलमा इंग्ल्याण्डले अहिलेसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले लात्भियालाई २०–० ले हराएको हो ।

इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट, बेथ मिड र आलेसिया रुसोले पनि ह्याट्रिक गरे । इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए । यही खेलमार्फत इलन ह्वाइट इंग्लीश महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन् ।

उनले केली स्मीथको ४६ गोलको किर्तीमान तोड्दै आफ्नो गोल संख्या ४८ पु¥याइन् । विश्वकप महिला फुटबलका अन्य छनौट खेलहरुमा स्पेनले स्कटल्याण्डलाई ८–० ले हराउँदा फ्रान्सले वेल्समाथि २–० को जित निकाल्यो ।

यसैगरी रिपब्लीक अफ आयरल्याण्डले जर्जीयालाई ११–० ले हराउँदा स्विट्जरल्याण्डले लिथुआनियालाई ७–० ले, क्रोएसियाले मल्दोभालाई ४–० ले, सर्वियाले बुल्गेरियालाई ४–१ ले तथा टर्कीले इजरेललाई ३–२ ले हराएका छन् ।