कर्णालीमा भूपेन्द्रजंग शाही निर्विकल्प उम्मेदवार

897
views

सुर्खेत, १७, मंसिर । युवा पुस्ताका निकै लोकप्रिय काँग्रेस नेता भुपेन्द्रजंग शाही कर्णाली प्रदेशको सभापतिमा निर्विकल्प उम्मेदवार बनेका छन् । रामचन्द्र पौडेल समुहका शाही सभापतिमा उम्मेदवारी दिएपछि देउवा पक्ष समुह समेतले आफ्नो समुहको नेता छान्न सकेको छैन ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पौडेल समूहले प्रदेशको सभापतिमा युवा नेता भनेर चिनिएका शाहीलाई उम्मेदवार तय गरेको पौडेल समूहले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कालीकोटका शाही नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष र तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट चुनाव लडेका शाही दुवैपटक पराजित भएका थिए ।