पर्वतमा केन्द्रिय सदस्य सहित नयाँ शक्ति छाडेर माकेमा जाँदै

684
views

नवदृष्टि संवाददाता
पर्वत, २७ चैत्र । पर्वतमा क्रियाशिल नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य सहित बहुमत सदस्य माओवादी केन्द्रमा जाने तयारी भैरहेको छ । माओवादी केन्द्रमा जाने समुहले मंगलबारसम्म पत्रकार सम्मेलन गरी औपचारीक घोषणा गर्ने जनाएको छ ।
नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य गगन थापा, सिर्जनशिशल कुँवर, वैकल्पिक केन्द्रिय सदस्य मिनराज केसी ‘अविरल’ हरि पौडेल लगायत बहुमत टिम माओवादी केन्द्रमा जाने अन्तिम तयारी भैरहेको वैकल्पिक केन्द्रिय सदस्य मिनराज केसीले नवदृष्टिलाई जानकारी दिएका छन् । केसीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले जनयुद्व लडेर आएका पार्टी उपेन्द्र नेतृत्वको पार्टीसँग सहकार्य गर्ने जस्ता नीति लिएपछि आफुहरु सो पार्टीमा रहन नसक्ने बताए ।
मंगलवार सम्म औपचारीक जानकारी दिने बताउँदै केसीले भने केन्द्रिय सदस्य सहितको बहुमत टोलीले माओवादी केन्द्रसँग एकता गर्न लागेको हो । थुप्रै साथिहरु माओवादी केन्द्रमा जाने तयारी भैरहेको छ हामीले लिने निर्णयलाई नेपाली जनताले स्विकार गर्ने जनाउँदै केसीले भने देशव्यापी बाबुराम जि हरुको पार्टी त्याग्नेहरुको लाम लाग्ने छ । यस्तै दिनभरको भेटघाटमा नयाँ शक्ति छाड्ने समुहले नेपाल कम्युनिष्ट पार्टी विप्लवका केही कार्यकर्तासँग भेटघाट गरेको स्रोतले जनाएको छ । हाम्रा केही जिल्ला सदस्यहरुसँग नयाँ शक्ति छाड्ने समुहले भेट गरेको तर विप्लव समुहका भने कोही पनि नजाने जिल्ला सदस्य यज्ञ गौतमले जानकारी दिएका छन । विप्लबका कार्यकर्तासँगको भेटमा ११ जनाले नयाँ शक्ति पार्टी छाड्ने बताएको तर नेपाल कम्युनिष्ट पार्टीका भने कोही पनि पार्टी परित्याग गर्न तयार नभएको गौतमले बताएका छन । यसैबिच भर्खरै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य सिर्जनशिल कुँवरले २२ जना सदस्य सहित पर्वतमा नयाँशक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा जान लागेको जानकारी दिएका छन । कुँवरले औपचारीक रुपमै माओवादी केन्द्रमा बहुमत सदस्य जान लागेको बताएका छन ।