सवारी दुर्घटनामा एकजनाको मृत्यु २३ जना घाईते

617
views

पर्वत, १८, मंसिर । पर्वतको कुश्मा नगरपालिका-८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विरगञ्जबाट बागलुङ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबहाक बसले सडक मजदुर लिएर जाँदै गरेको को १ त ६४२७ नम्मरको ट्याक्टरलाई विहान ७ बजेको समयमा ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति उदयपुर घर भई मध्यपहाडी लोकमार्गमा सडक मजदुर काम गर्दै आएका १८ बर्षिय विशाल विक रहेको प्रहरीले पुष्टि गरेको छ ।

घाइते मध्ये गम्भिर अवस्थामा रहेका ५ जनालाई पोखरा स्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने १८ जना सामान्य घाइतेहरु पर्वत अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

मजदुर बोकेको ट्याक्टरमा २४ जना मजदुरहरु सवार रहेको प्रहरीले जनाएको छ ।