कांग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी

418
views

पोखरा, १९, मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्माले ६१२ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीले ५२८ मत पाए ।

उपसभापतिमा कल्पना तिवारी ६२४ मत ल्याएर निर्वाचित भइन् । सोही पदमा मेखलाल श्रेष्ठ पनि विजयी भएका छन् ।

महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णु प्रसाद लामिछाने ५६४ मत ल्याएर निर्वाचित भए । सहमहामन्त्रीमा कोपिला रानाभाट ५९२, रमेश कुमार पाण्डे ६०५ र रामचन्द्र जोशी ५७० मत ल्याएर विजयी भएका छन् ।