इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित

471
views

काठमाण्डौ, १९, मंसिर । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग ३-२ गोलले पराजित भएको छ ।

वेस्ट ह्यामले दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीलाई हराएको हो । घरेलु मैदानमा वेस्ट ह्यामले अन्तिम समयमा निणर्ायक गोल गर्यो । चेल्सीले खेलको २८ औँ मिनेटमा थियागो सिल्भाको गोलमा अग्रता लिएको थियो । वेस्ट ह्यामले ४० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।

वेस्ट ह्यामका म्यानुएल लान्जिनीले पेनाल्टीमा गोल गरे । तर पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीले गोल थप्यो । दोस्रो हाफको ५६ औँ मिनेटमा वेस्ट ह्यामका बोवेनले गोल गरे । खेल बराबरी रहेको अवस्थामा वेस्ट ह्यामका अर्थर मासुआकुले ८७ औँ मिनेटमा निणर्ायक गोल गरे ।

जितसँगै वेस्ट ह्यामको १५ खेलमा २७ अङ्क भएको छ । वेस्ट ह्याम अङ्क तालिकाको चौथो स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासलले बर्नलीलाई १-० ले नै हराएको छ । त्यस्तै साउथह्याम्पटन र ब्राइटनले १/१ गोलको बराबरी खेलेका छन् । उज्यालो अनलाईनबाट