फनपामा नेकपा (एस) को नगर कमिटि घोषणा, अध्यक्षमा लम्साल

653
views

पर्वत, १९, मंसिर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिव रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ ।

भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकिकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला कमिटिका अध्यक्ष मोती प्रसाद पौडेलले कम्युनिस्ट आन्दोलनको लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई रक्षा गर्नका लागि र निरंकुश चरित्रलाई चुनौती दिन नयाँ पार्टीको जन्म भएको बताउँदै सबै कम्यूनिष्ट श्रमजीबिहरु नेकपा एकिकृत समाजवादीमा गोलबन्द हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा (एस) केन्द्रिय लेखा आयोगका सचिब हरिकुरमार श्रेष्ठ, खेलकुद महासंघ सदस्य रामेश्वर गौतम, प्रदेश सम्पर्क कमिटिका उपसचिब तुलसी पौडेल, जगन्नाथ घिमिरे लगायतले बोलेका थिए । कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिष्णु रिजालले गरेका थिए ।

सोही भेलाले सुमन गौडेलको अध्यक्षतामा ६१ सदस्यीय फलेवास नगर युवा संघ नेपालको घोषणा गरेको छ । यस्तै भेलाले अमृतराज लम्साल अध्यक्ष, सुदिप आचार्य सचिव र सन्देश लामिछाने ईन्चार्ज रहने गरि २१ सदस्यीय अनेरास्ववियूको नगर कमिटीको निमार्ण गरेको छ ।