नेतृ रानाद्धारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्धारी घोषणा

646
views

सुर्खेत । नेपाली काँग्रेसकी नेतृ सीता कुमारी रानाले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्धारी घोषणा गरेकी छन् ।

नेपाल महिला संघ दैलेखको सभापति समेत रहेकी रानाले आदीबासी जनजाती महिला आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेद्धारी घोषणा गरेकी हुन् ।

नेतृ राना दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन । उनि दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट चार सय तीन मत सहित केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी थिइन । कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

को हुन् सीताकुमारी राना ?
सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा होम्मिएकी हुन । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन ।

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा र पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी छन् । राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति समेत बनेकी थिइन ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन ।

उनि २०६७ साल यता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन ।

विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल रहेकि नेतृ हुन् ।

यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनमा अगुवाई गर्दै आएकी छिन ।

गृहजिल्ला दैलेखमा उम्मेद्धारी घोषणा गरेर राना आइतवार देखि देश दौडाहामा निस्किएकि छन् । ‘अब देशभरका नेता र महाधिबेशन प्रतिनिधिहरुसँग सम्पर्कमा रहने कोशिस गर्नेछु,’ उनले भनिन् ‘मेरो उम्मेद्धारी समय सुहाउदो नेतृत्व प्रदान गर्नका लागि हो ।’

पार्टीको संगठन निर्माण, लोकतन्त्रको सुदृढिकरण र कार्यकर्ता परिचालनका लागि अहम भूमिका खेल्नका लागि आफ्नो उम्मेद्धारी रहेको उनको तर्क छ । ‘अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहनका लागि पनि मेरो उम्मेद्धारी हो,’ उनले भनिन् ‘पार्टीको संगठन निर्माण, अभिलेखिकरण तथा राजनैतिक सैद्धान्तिक बहसका लागि हामी अग्रसर हुनेछौँ ।’