कांग्रेस महाधिवेशन : उम्मेदवार मनोनयन दर्ता आज

583
views

काठमाडौं, २५, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठामाडैंमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ ।

साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र छुट्टै समूह बनाएका विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गर्न सकेको छैन । रामचन्द्र समूहमा प्रकाशमान र शेखर कोइराला सभापतिमा दाबेदार छन् ।