भरुवा बन्दुकसहित १ जना पक्राउ

415
views

पर्वत, २५, मंसिर । जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिकाबाट अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ स्थित एकोरे सामुदायिक जंगलमा अवैध शिकार गरिरहेको भन्ने सूचनाका आधारमा १ नाले भरुवा बन्दुकसहित कुश्मा नगरपालिका वडा नं.१२ बस्ने २९ बर्षिय हरी बहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको टोलीले पिपलटारीबाट ठुलीपोखरी जाने ग्रामिण कच्ची सडक खण्डमा एकनाले भरुवा बन्दुक र कालिज जस्तो देखिने पंक्षी झुण्डाई हिडिरहेको अबस्थामा कुँवरलार्य पक्राउ गरेको हो ।

कुावरलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन ३ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

साथै बरामद भई आएको कालिजजस्तो देखिने पंक्षीको हकमा आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय कुश्मा पर्वतमा बुझाईएको जानकारी दिएको छ ।