बाम एकताका लागि जनता पार्टीको आव्हान

562
views

पोखरा, २६, मंसिर । जनता पार्टीका सभापति एवं देशभक्त मोर्चाका संयोजक तिलक रिजालले छरिएर रहेका कम्युनिष्टहरु एकठाउँ हुनुको विकल्प नरहेको बताएका छन् । जनता पार्टी र देशभक्त मोर्चाको संयुक्त आयोजनामा पोखरामा भएको पार्टी एकता र अबको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा रिजालले सो कुरा बताएका हुन् ।

सामाजिक क्रान्ति, प्रशासनिक र राजनैतिक क्रान्तिमार्फत उदार समाजवादको कार्यदिशा बोकेको जनता पार्टीले कम्युनिष्ट पार्टीहरु विभक्त र विकेन्द्रिकरण हुँदा युग परिवर्तनमा समस्या उत्पन्न भएको बताए ।

सो कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा माओवादी केन्द्र र जनता पार्टी बीच भएको एकता पहललाई सकारात्मक रूपमा लिदै कम्युनिष्ट एकतामा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए ।

जनता पार्टीका केन्द्रिय सदस्य एवं कास्कीका सभापति वसन्त केसीको अध्यक्षतामा भएको अन्तरक्रियामा पार्टीको तर्फबाट केन्द्रिय सदस्यहरु बसन्त कुमार केसी, सुशील श्रेष्ठ, टीकाराम आचार्य, कास्कीका सचिव राजुु जिसी, युवा संघका केन्द्रिय सदस्य कमल जिसीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन देशभक्त मोर्चाका केन्द्रिय सदस्य नेत्र क्षेत्रीले गरेका थिए ।