एमसीसी विरुद्ध उत्रिएका क्रान्तिकारी माओवादीका केन्द्रीय नेता पक्राउ

427
views

प्रेम कँँडेल
चितवन, २८, मंसिर । एम. सी.सी . खारेज सयुक्त संघर्स समितिले आयोजना गरेको चितवन बन्दको दिन बिहान नेकपा ( क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज घननाथ सापकोटा विकाश लाई प्रहरीले पक्राउ गरेको छ । बन्दको पुर्वसन्ध्याको राके जुलुसमा धरपकड गर्दै दमनमा उत्रिएको प्रहरी प्रशासनले सापकोटालाइ मंगलबार बिहानै पक्राउ गरेको हो ।

क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माका अनुसार उहाँलाई नारायणगढ बजार बाट पक्राउ गरिएको छ । पक्राउको बिरोधमा कार्यक्रम जारी रहने एम सी सी बिरोध आन्दोलन चितवनले जनाएको छ ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)ले बर्दघाटमा सोमवार राँके जुलुस निकालेको छ । एमसीसीको बिरुद्धमा निकालिएको जुलुस बर्दघाट ४ शान्तिनगरचोकबाट शुरु भएर चिसापानीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले एमसीसी राष्ट्रघाती रहेको उल्लेख गर्दै खारेजीको बिकल्प नरहेको बताउनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर ईञ्चार्ज चुडामणि भण्डारीले संचालन गर्नुभएको थियो । जुलुसमा एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गर जस्ता नारा लगाइएको थियो ।