४२७८ मत गणना हुँदा देउवालाई २०४६, कोइरालालाई १५६८

687
views

काठमाडौँ, २८, मंसिर । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । ४ हजार २ सय ७८ मत गणना हुँदा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १५६८ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले २३९ मत प्राप्त गर्दा कल्याण गुरुङले भने २० मत मात्र प्राप्त भएको छ । सभापतिमा निर्वाचित हुन कम्तीमा २३४० मत प्राप्त गर्नपर्नेछ ।

अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।