२६ बर्षे मोरङका कान्छा वडाध्यक्ष अस्लमको ‘राजनीतिक टर्निङ प्वाईण्ट’

694
views

विराटनगर, २२, असार । २६ विराटनगर महानगरको १५ नम्बर वडामा संघीय समाजवादी फोरमको प्यानलै विजयी
बिहीबार बिहान विराटनगर महानगरपालिकाको १५ नम्बरको अन्तिम नतिजा आउँदा संघीय समाजवादी फोरमको प्यानलै विजयी भयो। त्यस वडामा फोरमले प्यानलै जित्दा वडाध्यक्षमा मुस्लिम समुदायका निर्वा्चित २६ वर्षीय असलम आलम भने मोरङमा निर्वा्चित हालसम्मकै सबैभन्दा कान्छो वडाध्यक्ष बने ।

गाउँरटोलमा क्याम्पस पढाउने लेक्चरका रूपमा चिनिएका साबिक विराटनगर वडा नम्बर २१ का स्थानीय बासिन्दा असलमलाई २६ वर्षकै उमेरमा महानगरको वडाको तालाचाबी हात परेको छ । अन्तिम नतिजा घोषणा हुँदै गर्दा विराटनगरको सहिद रंगशाला क्षेत्रमा मतगणनास्थलबाहिर हाजिर भएका असलम समर्थकमाझ भन्दै थिए, ‘यो मेरो मात्रै हैन, मजस्ता सबै युवाको जित हो ।’

वडाध्यक्षमा निर्वा्चित हुनुभन्दा अघिसम्म असलम विराटनगरमा एक शिक्षक÷लेक्चरको रूपमा बढी चिनिएका थिए। वा भनौं, राजनीतिक वृत्तमा उनको उति ठूलो परिचय थिएन भन्दा पनि हुन्छ। केही वर्षयता विराटनगरमा आफ्नै लगानीमा राइजिङ बोर्डिङ स्कुल खोलेर प्रिन्सिपलको भूमिका निभाउँदै आएका उनी चुनावमा उम्मेदवारी घोषणा गरेर मतदाताको घरदैलोमा पुग्दै गर्दा उनलाई धेरैले ‘बलियो उम्मेदवार’का रूपमा हेरेका थिए ।

आफ्नो स्कुलबाहेक मास्टर डिग्री होल्डर असलम विराटनगरको मेरील्यान्ड केलजका अंग्रेजी विषयका लेक्चर हुन् । उनी विराटनगरकै अर्को एक सिए कलेजमा पनि पढाउँछन्। एक शैक्षिक अभियन्ताको व्यस्त कार्यसूची बाँचिरहेका असलम आफूले चुनाव जितेसँगै अब आफ्नो जीवनमा ‘राजनीतिक टर्निङ प्वाइन्ट’ आएको बताउँछन् ।

‘हिजोसम्म शैक्षिक क्षेत्रबाट प्रत्यक्ष भूमिकामा समाजलाई योगदान दिइरहेको थिएँ,’ उनले भने, ‘अब प्रत्यक्ष राजनीतिक भूमिकामा रहेर काम गर्ने अवसर मिलेको छ । म निकै उत्साहित छु ।’
महानगरको १५ नम्बर वडाको अविवाहित यी २६ वर्षीय वडाध्यक्षको अब एकबुँदे सपना छ– आफ्नो वडालाई नमूना वडा बनाउने ।