कांग्रेस महामन्त्री पदको मतगणना सुरु

362
views

काठमाण्डौं, १, पुस । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु भएको छ । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको निर्वाचन समितिले जनाएको छ ।

छलफल लगत्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा गणना सुरु हुनेछ । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । मतगणनाको सबै परिणाम आउन एकसाता लाग्ने बताइएको छ ।