भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना, बालकको मृत्यु

542
views

धनगढी, ३, पुस । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३०पी १३७५ नम्बरको बस पलियामा दुर्घटना भएको हो ।

मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय बालक विष्णु थापाको मृत्यु भएको हो ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ ।