प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान, एमसीसीबारे छलफल

455
views

काठमाण्डौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले संसदमा भइरहेको अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी छ । तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।