एम फिलमा सर्वोत्कृष्ट पौडेललाई स्वर्ण पदक

652
views

पोखरा, ६, पुस । पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम फिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए ।

काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनि विभुषित भए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सगै अन्य २७ जना विद्याथीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा मिलनचोक स्थित साउथरका स्थानियवासी ३४ वर्षका उनि पिता स्व. गोविन्द पौडेल र माता मन पौडेलका कान्छा छोरा हुन् । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिविए र काठमाण्डौं पुरानो बानेस्वर स्थित एपेक्स कलेजबाट एमबिए उत्तिण गरेका थिए ।

पदक पाएपछि पौडेलले भने ‘म फलको आशा गर्दिन तर कर्ममा भने विश्वास गर्छु ।’ उनि समयले साथ दिए केही वर्षमा पिएचडी गर्ने सोचमा छन् ।