स्पेनिस ला लिगामा बार्सिलोना र सेभिया बराबरीमा

411
views

काठमाण्डौं, ७, पुस । स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बार्सिलोना र सेभियाले एक/एक गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफको ३२ औँ मिनेटमा सेभियाका पपु गोमेजले गोल गरी सेभियालाई अग्रता दिलाएका थिए तर खेलको ४५ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा सेभिया १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले थप गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

लिगमा १८ खेलमा ३८ अंकका साथ सेभिया दोस्रो स्थानमा छ । समान खेलमा २८ अंक रहेको बार्सिलोना सातौँ स्थानमा छ । लिगमा ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ५–२ ले हराएको छ ।