माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी

428
views

काठमाडौं, ८, पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । उनका प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुनु । नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ मत ल्याए ।

निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी भएका छन ।

यस्तै, सचिवमा गणेश उप्रेती (सुशील) विजयी भएका छन् । उनले १४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्र पाए ।

३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका हुन् । कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए ।

९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिनु भएको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।