रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने एउटा पोष्टबाट ४१ करोड

386
views

काठमाडौं । फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने एक पोष्टबाटमात्रै ४१ करोड रुपैयाँ कमाउने गरेका छन् ।
फुटबलमा सर्वा्धिक कमाउने खेलाडीको पहिलो सूचीमा रहेका रोनाल्डो सामाजिक सञ्जालबाट धेरै कमाउने सूचीमा भने तेस्रो स्थानमा रहेको एक प्रतिवेदन जनाएको छ । होपरले सार्वजनिक गरेको प्रतिवेदनमा रोनाल्डोले आफ्नो इन्स्टाग्राममा गर्ने एउटा पोष्टबाट झण्डै तीन लाख १० हजार पाउण्ड स्ट्रलिङ अर्थात ४१ करोड ५ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने दाबी गरिएको छ ।
पहिलो स्थानमा सेलेना गोमेज र दोस्रो स्थानमा किम कार्डा्सियन छन् । शीर्ष १० मा पर्ने रोनाल्डो एक मात्र फुटबल खेलाडी हुन् । सामाजिक सञ्जालमा रोनाल्डोका १० करोड ६० लाख फलोआर्स छन् ।