कांग्रेस केन्द्रिय सदस्यमा नेतृ राना निर्वाचित

इतिहासमै पहिलोपटक दैलेखबाट केन्द्रिय सदस्य

405
views

सुर्खेत । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दैलेखबाट केन्द्रिय सदस्यमा नेतृ सीता कुमारी राना निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेस दैलेखको इतिहासमै पहिलोपटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा चयन भएकि हुन ।

आदीबासी जनजाती महिला केन्द्रिय सदस्य तर्फ ७ पदका लागि ३३ जना चुनावी मैदानमा होमिएका थिए । जस्मा रानाले एक हजार आठ सय २६ मत सहित निर्वाचित भएकि छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा निकट रानाको जीतले कांगे्रस दैलेखबाट पार्टि केन्द्रिय तहमा पहिलो पटक प्रतिनिधित्व पाएको कांग्रेस नेताहरुले बताएका छन् ।