सोलु करिडोर प्रसारण लाइनको निर्माणकार्य सकियो

556
views

काठमाण्डौं, ११, पुष । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको संख्या ३०२ वटा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएको र अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताएका छन् ।

प्रसारण लाइन चार्ज भएपछि त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ । साथै विद्युत् चुहावट पनि घट्नेछ । सोलुखुम्बुको तिङ्लामा १३२-३३ र ३३-११ केभी सबस्टेसनको निर्माण सम्पन्न भइ चार्ज भइसकेको छ ।

यो सँगै सिरहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न प्रयोग गरिनेछ ।