माओवादी केन्द्रको महाधिवेशन आजदेखि सुरु

604
views

काठमाडौं, ११, पुस । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन कार्यक्रम रहेको छ ।

सम्मेलनलाई माओवादीले ८ औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।