प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल

458
views

काठमाडौं, १३, पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि समुहगत छलफलल भएको छ । प्रस्तुत प्रतिवेदनमाथि २५ समूहले छलफल शुरु गरेका छन् ।

प्रदेशका ९ वटा समूह छन् । ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

प्रतिवेदनमाथि छलफल गर्न नन्दकुमार थापाको नेतृत्वमा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकारका तीन समूह बनेका छन् ।

प्रदेश १ को समूहको नेतृत्व हर्क गुरुङ, प्रदेश २ मा गणेश साह, बागमती प्रदेशको नेतृत्व सरल सहयात्री, गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ, लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल, कर्णालीमा विमला केसी, सुदूरपश्चिम प्रदेश समूहको नेतृत्व खगराज भट्टले गरेका छन् ।

जबस अमृता थापा, प्रवास समितिमा लक्ष्मण पन्त, विभागको मायाप्रसाद शर्मा र सम्पर्क समन्वय प्रदेशमा कृष्ण अधिकारी सुमहको नेतृत्व गरेका छन् ।