त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

816
views

काठमाडौं, १६, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।