सडक महोत्सवमा वेटर रेस

402
views

पोखरा, १६, पुस । २३ औं पोखरा सडक महोत्सव अन्तर्गत वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रदिप पराजुली प्रथम, ब्यञ्जनकै सुवास श्रीपाली द्वितिय, बुमयाङ्ग रेष्टुरेण्टका कृष्ण सुनवार तृतीय तथा चिल्ली बारका मिलन गुरुङ्ग सान्त्वना भए ।

वेट्रेसतर्फ आलमोण्ड क्याफेका एन्जिला पुन प्रथम, चिल्ली बारका शान्ति चौलागाई द्वितिय, फ्लेम रेष्टुरेण्टका सन्ध्या गुरुङ्ग तृतीय तथा बिल्ली बन्टरका प्रार्थना राई सान्त्वना भए । विजयी खेलाडीहरुले क्रमश नगद ५, ३, २ र १ हजार नगद सहित प्रमाण–पत्रले पुरस्कार प्राप्त गरे ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ६ का वडासदस्य हरिकृष्ण पहारीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए ।

बिल्ली बण्टर रेष्टुरेण्ट हुँदै पुनः चिल्लीबारसम्मको २ मिटर मिटर दुरी पार गरेको कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए ।