माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सानेपामा

377
views

काठमाडौं, १९, पुस । आठौँ महाधिवेशन सकिएसँगै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दैछ । आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बैठक बस्न लागेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने छ । आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६ जनाको केन्द्रीय कमिटी पेश गरेका थिए । सो कमिटी पारित भएको छ ।

२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो । केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन् । २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो । अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन् ।