नेपाल परिवार दलका युवा नेता मनोज र लोकेन्द्रद्धारा खाद्यन्न बितरण

1527
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अति बिपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।

पतेनी टोल विकास समिति (बी) का अध्यक्ष नरेन्द्र रोकायाको रोहवरमा तथा नेपाल परिवारका युवा नेता  मनोज थापा र लोकेन्द्र थापाको पहल तथा चुजि फाउण्डेशनको सहयोगमा खाद्यन्न वितरण गरिएको हो ।

खाद्यन्न बितरण कार्यक्रममा युवा समाजसेवी योगेन्द्र कार्की र अमर थापाले सहजिकरण गरेका थिए ।

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर -१, २, ३, ४, ८, ९ नम्बर वडाका नब्बे जना अति बिपन्न परिवारलाई  खाद्यान्न बितरण गरिएको युवा नेता मनोज थापाले जानकारी दिए। 

 

नगरपालिकाभित्र बसोबास  विपन्न परिवारलाई राहत तथा खाद्यान्न बितरण गरिएपछि निकै खुसी भएको थापाको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर -१ नम्बर वडा देखि – ९ नम्बर वडासम्म १० बोराका दरले वितरण गरिएको थियो ।

कोरोनाले थला परेका बेला ढिलै भएपनि खाद्ययन्न सहयोगले निकै राहत भएको वीरेन्द्रनगर -३ कि शितला शाही बताउँछिन् । उनीहरुलाई २५ केजि चामल १० केजि ज्ञान आटा मसुरको दाल, चिनि, चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको थियो ।