इटहरी उपमहानगरमा एमाले विजयी

1014
views

धरान, २३ असार । सुुनसरीको इटहरी उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका मेयर उम्मेदार द्वारिकलाल चौधरी र उपमेयरममा एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी बनेका हुन् । चौधरीले २२६८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटत्म प्रतिद्वन्द्वी रोहित प्रसाईले १९९८५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपमेयरमा एमालेका लक्ष्मी गौतमले २१८४२ मत प्राप्त गरी विजयी भएकी छन् । २०५४ सालमा समेत इटहरी नगरपालिकाको मेयर र उपमेयरमा विजय हाँसिल गरेको एमालेले २० वडा मध्ये ८ वडामा मात्र विजय हासिल गरेको छ । मेयर र उपमेयरमा पराजय बेहोरेको कांग्रेसले ११ वडामा जित हाँसिल गरेको छ । एक वडामा भने लोकतान्त्रिक फोरमले जितेको छ । कांग्रेसले वडा १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७, २० जितेको छ भने एमालेले २, ४, ५, ९, १३, १४, १८, १९ जितेको छ । फोरमले वडा नम्बर १० जितेको छ ।
इटहरीका १०२ निर्वा्चित प्रतिनिधिमध्ये एमालेले ५८, कांग्रेस ४०, फोरमले ३ र माओवादी केन्द्रले १ प्रतिनिधि हात पारेका छन् ।