एमालेको सबै जिल्ला अधिवेशन आज

646
views

पर्वत, २३, पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ जिल्ला अधिवेशन आज शुक्रबार हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन गरी सम्बोधन गर्ने कार्यक्रम छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नेछन् ।