प्रम देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

373
views

काठमाडौं, २४, पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् ।

नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि अवरोध हटाउने विषयमा सर्वदलीय बैठकमा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएपछि केही दिनदेखि प्रतिनिधिसभा बैठक सुचारू रूपले सञ्चालित हुन समस्या परेको छ ।