सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल

639
views

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गतका आज तीनवटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् ।

अङ्कतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अङ्क छ । समान खेलमा तीन अङ्क मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।

यस्तै पोखरा रङ्गशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अङ्क छ । च्यासल ७ खेलमा पाँच अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौँ स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अङ्क छ । समान खेलमा ११ अङ्क रहेको त्रिभुवन आर्मी अङ्कतालिकाको चौथो स्थानमा रहेको छ ।