विनु माविको विव्यस अध्यक्षमा–अधिकारी

792
views

पर्वत, ४, माघ । पैंयु गाउँपालिका–६ सरौंखोला स्थित बिनु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चोकप्रसाद अधिकारी ‘सागर’ निर्वाचित भएका छन् । अधिकारी राजनीति तथा सामाजिक क्षेत्रकै अगुवा व्यक्ति हुन् ।

जिल्लाका अन्य विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति चयनमा राजनीतिक खिचातानी, ढिलाई भइरहेका समयमा यस क्षेत्रकै शैक्षिक उन्नतिमा राम्रो मानिएको विनु माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयनमा सहमति जुटेको थियो ।

विद्यालयमा एक लाखको अक्षयकोष स्थापना
स्वर्गीय मणि प्रसाद अधिकारीको स्मृतिमा श्रीमति गोमती अधिकारी, छोराहरु प्रेम प्रसाद अधिकारी, यूबराज अघिकारी, बाबुराम अधिकारी, लोकप्रसाद अधिकारी, चोक प्रसाद अधिकारी (सागर) र तिलक अधिकारीले एकलाख एघार हजार एक सय एक सय एघार रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अधिकारी परिवारले विनु माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्दै विद्यार्थीहरुलाई पोषाक समेत वितरण गरेका हुन् ।

बुबाको सम्झनामा गरिब, जेहेन्दार र विद्यार्थीहरुले राम्रोसंग शिक्षा लिन पाउन भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको पारिवारले जनाएका छन् ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले विद्यालयमा अक्षयकोष स्थापना गरेर विद्यार्थीको भविष्यलाई उज्वल बनाउनु राम्रो काम भएको बताए ।