वैशाखमा स्थानीय तहको निर्वाचन गराउने सहमति

469
views

काठमाडौं, ५, माघ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ । सत्तारुढ गठवन्धनको बालुवाटारमा बसेको उच्चस्तरीय बैठकले मिति तय गर्ने लगायतका विषयमा आगामी बैठकमा छलफल गर्ने समेतको निर्णय गरेको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेद्र बहादुर कार्कीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमशः २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिँदैछ ।