खोप लगाउन माघ १६ देखि २० सम्म विद्यालय खुल्ने

555
views

काठमाडौं । गृह मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउने प्रयोजनका माघ १६ देखि २० गते पाँच दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति समेत बनेको छ ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने भन्ने विषयमा पनि छलफल भएको छ ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिइएको छ ।