आज वर्षा र हिमपातको सम्भावना

1072
views

काठमाडौं, ६, माघ । आज देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि सामान्य हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।