पर्वतमा एक करोड ५२ लाखमा बन्न लागेको सेफ हाउस अलपत्र बन्दै

बोलकबोलको रकम बोलियो मात्रै प्राप्त भएन

561
views

सन्दिप पाठक
पर्वत, २३ असार । नेपाल सरकार र समुदायको संयुक्त लगानी एक करोड ५२ लाख रुपैयाँमा बन्न लागेको हिंसा पीडित महिला तथा बालबालिका आश्रय स्थल (सुरक्षित घर) अलपत्र बन्ने सम्भावना बढेपछि निर्माण पक्ष चिन्तित देखिएको छ । सेफ हाउस निर्माणका लागि रकमको अभावसँगै सांसद क्षेत्र विकास कोष अन्र्तगत प्राप्त तीन लाख रुपैयाँमध्ये ९९ हजारको काम भएको र बाँकी रकम फ्रिज गएको छ । यस्तै जिल्ला विकास समिति पर्वतबाट दिने भनिएको १० लाख रुपैयाँ मध्ये जम्मा एकलाख रुपैयाँ प्राप्त भएपछि समिति समस्यामा परेको हो । सेफ हाउस निर्माणका लागि समुदायका केही व्यक्तिले बोल कबुल गरेको रकम दिन आलटाल गरेपछि सो भवन निर्माण कार्य अलपत्रमा पुगेको हो । गत आर्थिक बर्षको अन्त्यतिर काम थालिएको र पर्वतका दुई सांसद अर्जुनप्रसाद जोशी र कल्पना चापागाई मार्फत प्राप्त ६ लाख रुपैयाँ मध्ये सांसद कल्पना चापागाईबाट प्राप्त तीनलाख रुपैयाँ खर्च भएको र सांसद अर्जुनप्रसाद जोशीबाट प्राप्त ३ लाखको ९० हजार रुपैयाँ मात्र खर्चिएको र बाँकी रकम फ्रिज गएको समितिका सदस्य राजु पौडेलले जनाए । उनले भने गत आवको अन्त्यतिर काम थालिएको र बोल कबोल गरेका स्थानीयबाट मोटो रकम प्राप्त नभएकोले निर्माणाधिन भवन अधुरै हुने पो हो कि भन्ने समस्यामा समिति रहेको पौडेलले बताए ।
जिल्लामा सबैका लागि आवश्यक महसुस गरेर सेफ हाउस निर्माण गरौं भनेर लागियो, अहिले सरकारी बजेट पनि नआउने, समदायबाट प्रयाप्त रकम पनि उठाउन नसकिने भएपछि सुरक्षित घर निर्माण कार्य रोक्नुपर्ने अवस्थासँगै अलपत्र बन्ने सम्भावना बढेको समितिका कोषाध्यक्ष कमलनाथ पोख्रलले बताए । पोख्रलले भने ‘‘स मुदायबाट रकम उठ्ने रकम र ऋण खोजेर काम गरे प्राविधिकले नापजाँच नगरिदिने, सरकारी तवरबाट पैसा नआउने भएपछि सेफ हाउस अलपत्र नबने के बन्छ ?
कुश्मामा बन्न लागेको सेफ हाउस अलपत्र बन्छ कि भन्नेमा समुदायको पनि उत्तिकै चासो बढेको छ । सेफ हाउस निर्माणमा सामाजिक क्षेत्रका अगुवा शंकर गिरी आफ्नो स्टाटसमा लेख्छन् – सेफ हाउस् अनाथ, असाह्य, पीडित महिला तथा बालबालिका लगायत अन्यायमा परेकाहरुको आश्रम स्थल हो । उक्त आश्रय स्थल निर्माण गर्नसके सबैको परोकार हुन्छ । तर २७/२८ लाख रुपैयाँ बोलकबोल भएपनि दिने कुरा कता कता । ‘‘आज सम्म १२÷१४ लाख मात्रै आएको छ । यो पबित्र कार्यमा हामी सबै हातेमालो गर्दै सम्पन्न गराउनतर्फ लागौं । महिला तथा बालबालिका कार्यालय, कुश्मा नगरपालिकाका मेयर, जिल्ला समन्वय समितिको कार्यालयमा समेत कुरा गरियो सबैले आ–आफनै कुरा मात्रै गरे । पहल गर्ने कस्ले ? गिरीले लेखेका छन् ।

पर्वतमा बन्न लागेको सेफ हाउसको डबल टाईपिङको काम सकिएको छ । बाँकी माटो माथि बन्ने भवन निर्माण पैसाको अभावमा रहेको छ । समुदायले अहिले पनि भवन निर्माणको काम सम्पन्न गर्ने आशामा नेपाल सरकारबाट रकम प्राप्तीका लागि सरकारी जग्गामा बनाइएको सेफ हाउस भवन महिला विकास तथा बालबालिका कार्यालयका नाममा नामसारीको प्रक्रिया समेत अगाडी बढाइएको छ ।