मन्त्री यादवलाई पदमुक्त गर्न काँग्रेस महामन्त्री शर्माको सुझाव

465
views

काठमाडौं, ८, माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । मन्त्री यादवले पदिय मर्यादा विपरीत हिंसा भड्काउने अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ ।

शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन् । स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ उनले ट्विट गर्दै भनेका छन् राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनुपर्दछ ।

‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न ।’

डा. सीके राउतलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् । निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् ।