एमाले नेता शाह कोरोना संक्रमित

300
views

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाहलाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । केही समय अघि गृह जिल्ला दैलेख देखि संघीय राजधानी काठमाडौँ पुगेका शाह कर्णाली प्रदेशमा फर्किने कार्यक्रम भएपनि कोरोना संक्रमितका कारण शाह काठमाडौँमै रहेका छन् ।

कोरोना संक्रमण भएपछि एमाले कर्णाली प्रदेश अध्यक्ष शाहले पार्टि केन्द्रको कार्यसुची अनुसार माघ २८ र २९ गते सम्पन्न हुने प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट विधि र मापदण्डभित्र रहेर माघ १५ देखि २० गतेसम्म सम्पन्न गर्न निर्देशन दिएका छन् ।