बैतडी बस दुर्घटनामा १३ घाईते, तीनजना गम्भीर

348
views

बैतडी, १३, माघ । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अन्र्तगत रौतगाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा वसमा सवार १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताए ।

घाईतेको उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ । दुर्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।