स्रोता दर्शकमा आयो ‘ए मैना’

814
views

अर्जुन क्षेत्री
अमेरिका, २५, माघ । अमेरिकामा बसेर पनि लोक संगितलाई अत्यधिक माया गर्ने दिपक केसीको शव्द संकलनमा चर्चित गायिका शान्ति श्री परियार र कुशल विश्वकर्माको ‘ए मैना’ स्रोता दर्शक माझ आएको छ ।

कुशल विश्वकर्माको संगित रहेको उक्त गितमा रुपी स्याञ्जली, प्रेमा राणा, आयुष परियार र पुष्प थापाको समेत स्वर रहेको छ ।

झझल्को डिजिटल युटुव च्यानलले बजारमा ल्याएको उक्त गितको निर्देशन दिलीप रेग्मीले गरेका हुन । गितको छायाँकन राम केसी र सम्पादन अमृत चापागाईले गरेका छन् ।

गितमा कलाकार लोमश शर्मा, नम्रता सापकोटाको अभिनय रहेको छ भने निर क्षेत्री, शंकर खड्का, प्रदिप केसी, सुरज क्षेत्री, आकाश भण्डारी र सम्राट खड्का सहयोगी टिममा रहेका छन् ।

टिकटक तथा युटुवमा भाइरल बन्दै गएको उक्त गितलाई स्रोता दर्शकले निकै मन पराएका छन् ।

ए मैना गितका शब्द संकलक दिपक केसी ‘शिखर छुनेछ’ र ‘पिरतिको छाता’ बाट उदय भएका सर्जक हुन् ।