‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत नेपाल पुलिस क्लब र च्यासल युथ खेल्दै

427
views

काठमाण्डौ, २६, माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ ।

तालिका अनुसार गएको माघ दुई गतेका लागि तय भएको खेल खेलाडीमा कोभिड–१९ सङक्रमण देखिएपछि स्थगित भएको थियो ।

लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ । समान खेलमा च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ ।