क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार नगर्न राष्ट्र बैंकको आव्हान

348
views

काठमाडौं, २६, माघ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबारमा संलग्न नहुन आव्हान गरेको छ ।

आज सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सीको प्रयोग, यससम्बन्धी लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा लगानी डुब्ने जोखिम र कानूनी झन्झट आउन सक्ने भन्दै कारोबार तथा व्यवसायमा संलग्न नहुने आव्हान गरेको हो ।

राष्ट्र बैंकले छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायमा संलग्न नहुने समेत भनेको छ ।

क्रिप्टोकरेन्सी अवैधानिक आर्थिक क्रियाकलाप भन्दै यसमा युवाहरु संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिएको भनेको छ ।